Ad Image

काकाकुल तराईबासीमाझ खानेपानी मन्त्रीको विवादास्पद प्रस्ताव: भारतलाई पाइपमार्फत खानेपानी बेचौं !

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/BBB_KTM-xadke.jpg

काठमाडौं । खडेरीका कारण तराईका अधिकांश ठाउँमा जमिनमुनीकाे पानीसमेत उपलब्ध हुन छाडेकाे अवस्थामा वीरगन्ज झरेका खानेपानी मन्त्री प्रदीप यादवले लाज पचाएर भारतलाई खानेपानी बेच्ने प्रस्ताव सुनाएका छन् ।

वीरगन्ज महानगरमा स्थानीय तहका जनप्रतिनिधिहरूसँगकाे छलफलमा मन्त्री यादवले भारतबाट जसरी पेट्राेलियम पदार्थ पाइपमार्फत नेपाल आएकाे छ, त्यसरी नै नेपालबाट भारतमा पानी बेच्न सकिने याेजना सुनाएका हुन् ।

स्थानीय तहहरूका जनप्रतिनिधिहरूले तराईँमा खानेपानीकाे समस्या समाधान गर्न अनुराेध गर्दा मन्त्री यादवले वीरगन्ज महानगरलगायतका स्थानीय तहहरूमा एसियाली विकास बैंकमार्फतकाे अनुदान र ऋणकाे पैसा खानेपानीका लागि छुट्याइसकेकाे ढाडस दिए ।

उनले बारा, पर्सा, रौतहट लगायतका जिल्लामा पनि रामेछापबाट पानी ल्याएर वितरण गर्ने आश्वासन दिए । तर, यसै क्रममा मन्त्री यादवले आफू देशकै मन्त्री भएकाले तराईको समस्यामा मात्र ध्यान दिन नहुने तर्क समेत गरे, जसले गर्दा उनको प्राथमिकतामाथि प्रश्न उठेको छ ।