Ad Image

मधेशको बजेट छानबिन गर्न सभामुखको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhesh pradesh sava.jpg

जनकपुर । मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छ सदस्यीय कार्यदल गठन भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ ।
 
समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव रहेको सभामुख मण्डलले जानकारी गराए । प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।