Ad Image

सर्लाही र रौतहटबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

काठमाडौं ।  स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले आज दुई जनालाई नियन्त्रणमा लिएको छ । 

सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो ।

भारतरबाट बिआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलङ्गवा र भन्सार कार्यालयको संयुक्त टोली उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, रौतहट जिल्लाको गौर नगरपालिका–२ सीमा इलाकाबाट नौ लाख २८ हजार ५०० नेपाली रुपैयाँ र दुई लाख १५ हजार ५० भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । 

सर्लाही जिल्लाको रामनगर गाउँपालिका–२ खयरवा बस्ने ३० वर्षका चन्दन पण्डितलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म गौरले नियन्त्रणमा लिएको हो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाइएको छ । 

नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।