Ad Image

कांग्रेसको अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनीहरुले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कार्बाही गरिएको भन्दै आपत्ति जनाएका छन् । दोहोरो मापदण्ड र पूर्वाग्रही रुपमा कार्बाही गरिएको भन्दै उनीहरुले गुटगत आधारमा गरिएको निर्णयले पार्टीलाई थप कमजोर बनाउने बताएका छन् ।

पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरुको भनाइ छ ।

केन्द्रीय समिति बैठक सकिएको दुई दिनपछि असार २५ गते पार्टी अनुशासन समितिले १८ जना नेता–कार्यकर्तामाथि कार्बाही गर्ने निर्णय गरेको थियो ।