युक्रेनी हवाई आक्रमणबाट आवासीय भवन भत्किँदा दर्जनौं व्यक्ति फसे भग्नावशेषमा
No Author Assigned | २०८२ असार २८ गते ०७:०१एजेन्सी । युक्रेनी सेनाद्वारा खेरसोन क्षेत्रको आलेश्की शहरमा गरिएको हवाई आक्रमणका कारण एक आवासीय भवन पूर्ण रूपमा भत्किएको छ । आवासीय भवन भत्किँदा दर्जनौं मानिस भग्नावशेषमा फसेका छन् । उक्त जानकारी खेरसोनका गभर्नर भ्लादिमिर साल्दोले शुक्रबार टेलिग्राममार्फत दिए ।
उनका अनुसार, मस्कोको समयअनुसार दिउँसो ४ बजे तिर भवनमा दुई वटा हवाई बम प्रहार गरिएको थियो, जसका कारण भवन भत्किँदा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, हालसम्म हताहतहरूको यकिन सङ्ख्या खुल्न बाँकी छ ।
घटनास्थलमाथि युक्रेनी ड्रोन निरन्तर गस्ती गरिरहेकाले उद्धारकर्मी तथा स्थानीय निकायका कर्मचारीहरूले सुरक्षित रूपमा भग्नावशेष हटाउने काम सुरु गर्न नसकेको साल्दोले जानकारी दिए।
उक्त क्षेत्रको सुरक्षास्थितिका कारण उद्धार कार्यमा गम्भीर चुनौती आएको जनाइएको छ ।
Facebook Comments