Ad Image

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा आज बस्दैछ । आज दिउँसो २ बजे नगरसभाको १७ औं अधिवेशन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् । 

गएको शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले आज नगरसभा गर्ने निर्णय गरेको हो। लामो समयपछि गत शुक्रबार बसेको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए। उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि उनको प्रस्ताव पारित भएको थियो। त्यसपछि अन्य एजेण्डमा छलफल नगरि मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए। त्यो दिन कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो। 

स्थानीय तहले १० असारमा बजेट ल्याउनु पर्ने प्रावधान छ। तर काठमाडौं महानगरले आन्तरिक विवादको कारण तोकिएको समयमा बजेट ल्याउन सकेन । आज बस्ने नगरसभाले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्नेछ ।