‘लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्द्धमा इमान नछाड्नुस्’

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Nawaraj sybedi final.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्किएको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नवराज सुवेदीलाई ‘लोकलाजको ख्याल गर्न’ आग्रह गरेका छन् ।

चैत ४ गते सार्वजनिक रूपमा राप्रपा परित्यागको घोषणा गरेका सुवेदी फेरि आफू राप्रपामै रहेको पुष्टि गर्न निर्वाचन आयोग पुगेपछि प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका थिए, “लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तराद्र्धमा इमान नछाड्नुस्।”

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि पार्टीमा विवाद बढेको थियो । असन्तुष्ट पक्षहरुले लिङ्देनले विधान विपरित कार्य गरेको र मनोमानी रुपमा पार्टी चलाएको आरोप लगाएका थिए ।

पार्टी भित्र आन्तरिक कलह बढिरहेकै बेला शनिबार बसेको इतर पक्षको बैठकले लिङ्देनको कदम विधान विपरीत भएको ठहर गर्दै सुवेदी निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सुवेदी आज निर्वाचन आयोगमा उजुरी दर्ता गर्न पुगेका थिए ।


Facebook Comments