काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको समस्या समाधान गर्न साहको माग


काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेससहित काठमाडौंको सुकुम्बासी बस्तीमा देखिएको खानेपानी समस्याको समाधान गर्न सरकारले चासो नदिएको आरोप लगाएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्धखानेपानी समेत नपाउनु दुखद भएको उनको भनाई छ ।
प्रतिनिधिसभाको आज आजको बैठकमा बोल्दै उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भीर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । उनले सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको भन्दै सरकारसँग जवाफ मागेका छन् ।
‘सभामुख महोदय, काठमाडौंको सुकुम्बासीहरू झण्डै एक सातादेखि खानेपानीका लागि आन्दोलित छन् । प्रत्येक दिन काठमाडौंको केयूकेएलको कार्यालय अगाडि खानेपानी माग्दै उनीहरुले धर्ना गरिरहेका छन् ।
म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासीलाई खानेपानी किन रोकेको ?,’ साहले प्रश्न गर्दै भने ‘तपाईहरु आफ्ना लागि विदेशबाट महंगा मिनिरल वाटर मगाएर खानुपर्ने तर नेपाली जनता नर्मल पानीका लागि पनि तड्पिनु पर्ने रु म जान्न चाहन्छु नेपाल सरकारको सुकुम्बासीप्रति कस्तो धारणा हो रु सुकुम्बासी मान्छे हो की होइन रु गरिबहरु मान्छे हो की होइन रु यदि हो भने यही ठाउँको महलमा पानीको सप्लाइ जाने तर सुकुम्बासी बस्तीमा रोक्ने काम सरकारले किन गरेको हो रु’ उनले प्रश्न गरे ।
सरकारले यथासिघ्र सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो । साथै सुकुम्बासीप्रति विभेद नगर्न समेत उनले आग्रह गरे ।
यस्तै तराई मधेसमा खानेपानीको हाहाकार रहेको बताउँदै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । ‘इनार सुकेको छ, चापाकलमा पानी आउँदैन, बोरिङहरुमा समेत पानी आउन छोडेको छ । मान्छे पानीबिना तड्पिरहेको छ, काकाकुलको अवस्था छ । यस्तो अवस्थामा यसबारेमा सरकारले के गरिरहेको छ ? सरकारले यसबारेमा जवाफ देओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ साहले भने ।
खानेपानीको अभाव बारेमा खानेपानी मन्त्रीले संसदमा जवाफ दिनुपर्ने र देखिएको समस्या तुरुन्त समाधान गर्नुपर्ने उनको माग छ । यदि पानी जीवन हो भने सरकारलाई मान्छेको जीवनसँग खेलवाड गर्ने अधिकार नभएको उनको भनाई छ ।