Ad Image

ऊर्जा–जलस्रोत विभागमा रास्वपाले नियुक्त गर्‍यो ३ जना विज्ञ सल्लाहकार

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp sallah.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा तीन जना विज्ञलाई सल्लाहकारको रूपमा मनोनयन गरेको छ ।

आइतबार नेपाल सरकारका पूर्व सचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी, र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

विभाग प्रमुख इ. श्रीराम न्यौपानेले नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोतको अधिकतम उपयोगका लागि नीतिगत संरचना र विज्ञहरूको ज्ञानको सदुपयोग आवश्यक रहेको बताए ।

नव नियुक्त तीनैजना विज्ञ सदस्यहरूले यसअघि नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

रास्वपाले विभिन्न क्षेत्रका विज्ञहरूलाई यसरी सल्लाहकारमा मनोनयन गर्दै आएको छ ।