खोलाबाट लेदो आएपछि बीपी राजमार्ग अवरुद्ध, यातायात ठप्प


काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा खहरे खोलाबाट लेदो आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
लेदोका कारण दुईतर्फी सडक बन्द भएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्कीको नेतृत्वमा सडक खुलाउन टोली खटिएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीका अनुसार, जेसीबीको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।
काठमाडौँबाट पूर्वतर्फ हिँडेका र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनहरू कालढुंगामा रोकिएका छन् ।