घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका मन्त्री गुप्तालाई बालुवाटार बोलाएका हुन् ।
मन्त्री गुप्ता बालुवाटार पुगिसकेका छन् ।
कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको मन्त्री गुप्ताको संवाद बाहिरिएको छ । सोही विषयमा बुझ्न प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बोलाएको बुझिएको छ ।