Ad Image

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएको क्षेत्रमा अनुगमन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jankari lidai.jpg

पर्सा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रुपमा अनुगमन गरेका छन् ।

सङ्घीय सरकारका दुवै मन्त्रीले आज पर्साको निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने विभिन्न ठाउँमा खानेपानीको चर्काे समस्या झेलेका जनतासँग छलफल तथा सोको समाधानको विषयमा छलफल गरेका हुन् । 

खानेपानीमन्त्री यादवले वीरगञ्जसहित पर्साका धेरै स्थानमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि कानुनमन्त्री चौरसिया र आफूले गाउँ–टोल तथा वडाहरुमा संयुक्त अनुगमन गरेको जानकारी दिए । 

मन्त्री यादवले महानगरको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा परियोजना अघि बढाउन लागिएको जानकारी दिए ।