Ad Image

सत्ता गठबन्धन जोगाउन तीन दलका शीर्ष नेताहरू छलफलमा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-07-14 at 21.10.18.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि सत्ता गठबन्धनलाई बलियो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक लगायत नेताहरूको उपस्थिति थियो ।