Ad Image

पहिरो हटाएपछि सञ्चालनमा आयो बिपी राजमार्ग

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/BP-Sadak_SIDef3J0rG.jpg

काभ्रेपलाञ्चोक। बाढी र पहिरोका कारण अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । सोमबार राति आएको वर्षाका कारण ८ ठाउँमा अवरुद्ध भएको बिपी राजमार्ग पहिरो हटाएपछि सञ्चालनमा आएको हो । 

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार वर्षाका कारण रोशी–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखेला र साङखोला, रोशी–११ कालढुंगा, रोशीकै ११ र १२ को सिमानाको माम्ती खोलामा आएको पहिरो हटाएर सडक सञ्चालन गरिएको हो ।

सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवाको सहयोगमा राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ । 

रोशीकै पिप्ले, पानीतारेमा आएको पहिरो पनि हटाइएको छ । काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलामा आएको बढीले बिगारेको सडक पनि मर्मत गरिएको छ ।