Ad Image

घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Rajkumar-gupta.jpg

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले मंगलवार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले राजीनामा दिइसकेको जानकारी गराएका छन् । आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिलेकाहीँ नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्मान्निय प्रधानमन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहि पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्मा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु । अब फेरि एक पटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टिले दिएको जिम्मेवारी इमान र निष्टाका साथ पूरा गर्ने प्रतिबद्धताका साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।