आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौं । सोमवारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतवारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमवार रु एक लाख ९३ हजार ३०० कायम भएको थियो । सुनको मूल्य आज स्थिर रहि एक लाख ९३ हजार ३ सय नै कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।