Ad Image

ऊर्जा उत्पादनका लागि तपाईंहरुले दिने लाइसेन्सको हिसाब किताब अब म खोज्ने छु: जनार्दन शर्मा

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janardan sarma.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उर्जा उत्पादनका लागि दिइने लाइसेन्स लगानी गर्न सक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारे आफूले हिसाब किताब राख्ने बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शर्माले दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनी, व्यक्तिका नाममा दर्ता गराइएको तर उनीहरूले लगानी नगरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीको सपना पूरा नहुने समेत बताए ।

शर्माले भनेका छन्, ‘ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै होइन, हाम्रो सपना पूरा हुँदैन । हामी धेरै पछि परिसकेका छौँ । तपाईंहरुले दिने लाइसेन्सहरु त्यसको हिसाब किताव अब म खोज्नेवाला छु । कुन व्यक्तिलाई दिनुभएको छ । लगानी गर्नसक्नेलाई दिनुभएको छ कि बिक्री गर्नेलाई दिनुभएको छ? भनेर हिसाब किताब दिनुभएको छ । डेभलपरहरूले योजना पाइरहेको छैन, आज खोलाहरू सबै दर्ता भइसकेका छन् । किन दर्ता भए ? उसले लगानी गरिरहेको छ कि छैन, उसले लगानी गर्नसक्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्ने छ ।’

खोला बेच्ने कुरा मान्य नहुने भन्दै उनले आफू ऊर्जामन्त्री हुँदा खोला बेच्ने कुराको अन्त्य गर्ने भनेर घोषणा गरेको स्मरण समेत गराए ।