बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न सांसद भण्डारीको माग

काठमाडौं । बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न सांसद डा.चन्द्रकान्त भण्डारीले माग गरे ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुङ्गा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरे ।
त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको, केही वर्षअघि डुङ्गा तर्दा १०० जनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सांसद भण्डारीले सभामुखसँग माग गरे ।
Facebook Comments