Ad Image

ज्यान मा*र्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ ।

विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

विगत छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो । 

आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेका प्रवक्ता जोशीले बताए । उनका अनुसार मानबहादुर लिम्बूको जाहेरीका आधारमा विसं २०७७ वैशाख ३ गते निजमाथि पक्राउ पुर्जी जारी भएको थियो ।