Ad Image

लिन्न भनेर प्रेम विवाह गर्नेले मागे ६० लाख : दाइजोको निहुँमा मनीषालाई यातना

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/marriage.png

काठमाडौं । सिरहामा प्रेम विवाहपछि ठूलो दाइजो माग्दै पत्नीलाई यातना दिएको आरोपमा पतिसहित परिवारविरुद्ध मुद्दा दर्ता भएको छ ।

अर्नमा गाउँपालिका–२ का २४ वर्षीय मुकेश प्रधान सुडी र उनको परिवारले २३ वर्षीया मनीषा कुमारी गामीलाई ६० लाख नगद, २० तोला सुन, कार र बन्दिपुरमा जग्गा माग गर्दै यातना दिएको मनीषाको आरोप छ ।

मनीषाका अनुसार, विवाहअघि दाइजो नलिने बताएका मुकेशले विवाहपछि दाइजोको लागि दबाब दिएका हुन्। मनीषाका बुबाले विवाहमा १० लाख नगद र ७ लाखको सामान दिए पनि त्यो पर्याप्त नभएको भन्दै यातना दिएको उनले बताएकी छन्।

२०८२ जेठ ७ मा मनीषाले दाइजोविरुद्धको कसुरमा (मुलुकी अपराध संहिता २०७४ को दफा १७४ अनुसार) श्रीमान् मुकेश, सासू ललिता कुमारी प्रधान सुडी र ससुरा गौरी शङ्कर प्रधान सुडीलाई विपक्षी बनाएर जाहेरी दिएकी थिइन्।

प्रहरीले अनुसन्धान सकेर मुद्दा अदालतमा दर्ता गरिसकेको छ। यस क्रममा सासू ललिता पक्राउ परी १ लाख धरौटीमा रिहा भएकी छन् ।

ललितपुरमा सिभिल इन्जिनियरिङ अध्ययनरत मुकेश र उनका बुवा गौरीशंकरविरुद्ध भने पक्राउ पुर्जी जारी भए पनि उनीहरू फरार छन् र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।