Ad Image

त्रिभुवन विमानस्थलमा ५ किलो गाँजासहित भारतीय महिला पक्राउ

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/thailand girl.jpg

काठमाडौं । थाइल्यान्डबाट नेपाल ल्याइएको ५ किलो गाँजासहित एक भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन् । पक्राउ परेकी महिला ३० वर्षीया लियाओन फुङथर हुन् । उनी असार ३० गते एयर एसियाको उडानमार्फत काठमाडौं आइपुगेकी थिइन् ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार विमानस्थलमा संका लागेपछि चेकजाँचका क्रममा उनको साथबाट सुमार्ग ५ किलो गाँजा बरामद गरिएको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) जनक बहादुर शाहीले घटना पुष्टि गर्दै आरोपीमाथि हाल अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

नेपालमा लागुऔषध ओसारपसारसम्बन्धी अपराधमा विदेशी नागरिकहरू समेत संलग्न हुँदै आएका छन् । यसअघि पनि त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशीहरू पक्राउ पर्ने क्रम बढ्दो छ ।