यी हुन् पछिल्ला मन्त्रिपरिषद बैठकका मुख्य २९ निर्णय (सूचिसहित)


काठमाडौं । सरकारले हालै बसेका दुई मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार जानकारी दिँदै भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कारबाही हुने स्पष्ट पारेका छन् ।
असार ३० गतेको मन्त्रिपरिषद बैठकले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ५ अर्ब ७० करोड जापानी येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गरिएको छभने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय भएको छ ।
नेपाली सेनामा एक जना प्रमुख सेनानीलाई महासेनानी, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्री गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केका नेपालीमाथि सरकारले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए ।
Facebook Comments