Ad Image

देश जटिल मोडमा छ, सरकार भ्रष्टाचारमा लिप्त छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda_gwDUB8jwmh.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै जटिल मोडमा रहेको बताएका छन् ।

बिहीबार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै प्रचण्डले वर्तमान सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाए ।

उनले सरकार सुशासनको विरुद्धमा खडा भएको र देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको दाबी गरे । प्रचण्डले जनतासँग सुमधुर सम्बन्ध कायम गरी श्रम र उत्पादनमा लाग्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

युवाहरूलाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउन चाहनेहरू विरुद्ध सफलता पाउन सकिने बताउँदै उनले, यदि सरकारले भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत जाने कार्य जारी राखेमा सडकबाट प्रतिवाद गर्ने चेतावनी समेत दिए ।