Ad Image

समावेशी ग्रामीण विकासका लागि गणतन्त्र कोरियाले १ अर्ब ८ करोड अनुदान दिने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bardiyaa.PNG

काठमाडौं । गणतन्त्र कोरियाले बर्दियामा समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ । 

अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ ।