Ad Image

प्रधानमन्त्री ओलीको दाबी–हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको छ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp oli sadak.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८१/८२ मा कुल ९ सय ३२ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिएका छन् । 

उनले छ अगाडि आफ्नै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको र अहिले पनि आफ्नो सरकार भएकै बेला पूर्वाधार विकासको गति बढेको दाबी गरेका छन् । 

उनले लेखेका छन्, ‘आजभन्दा ६ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ। त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ। अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ। यो गति अझ बढाउनु पर्ने छ।’

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म भरपर्दो जनशक्ति इन्जिनियरहरु भएको बताएका छन् ।