Ad Image

काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । शनिवार दिउँसो रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

ब्रेक फेल भएर बस सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ३२ जना यात्रु थिए । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । 

बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ ।