Ad Image

अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिवार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। अफगानिस्तानको गजनी र छिमेकी प्रान्त कन्धार जोड्ने मुख्य सडकमा पर्ने अब बन्द जिल्लामा दुर्घटना भएको हो ।

समाचारमा जनाइएअनुसार, यात्रु सवार कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, लापर्वाह ड्राइभिङ दुर्घटनाको मुख्य कारण मानिएको छ र घटनाको थप अनुसन्धान थालिएको छ ।

यसैबीच, केही दिनअघि मात्रै गजनीकै छिमेकी प्रान्त हेलमण्डमा भएको अर्को यस्तै दुर्घटनामा ११ जनाको मृत्यु र चार जना घाइते भएका थिए । अफगानिस्तानका ग्रामीण सडकहरूमा हुने यस्ता दुर्घटनाहरूमा सवारीको अवस्थासँगै लापर्वाह गतिको पनि ठूलो भूमिका हुने गरेको देखिन्छ ।