Ad Image

मधेश प्रदेशका पूर्वप्रमुख झा बला*त्कार आरोपमा पक्राउ

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rajesh-ahiraj.jpg

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई आइतबार बिहान भद्रकाली आसपासबाट नियन्त्रणमा लिइएको काठमाडौँका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले पुष्टि गरेका छन् ।

अहिराजविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा माघ ३ गते नै जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै भारत भागेका उनी केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।

आजै जिल्ला अदालतले अहिराजलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । जिल्ला अदालतले चैत २५ गते नै अहिराजलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

जाहेरीमा पीडितले १७ वर्षको उमेरदेखि अहिराजले विभिन्न प्रलोभनमा पारेर यौन शोषण गरेको दाबी गरेकी छन् । पीडित मधेसीमूलकी युवती हुन्, जसलाई अहिराजले काठमाडौंमा घरायसी कामको सहयोगीका रूपमा ल्याएर पठनपाठनको जिम्मा लिएका थिए ।

जाहेरी दर्ता भएको समाचार सार्वजनिक भएपछि आफूले विभिन्न माध्यमबाट धाकधम्की व्यहोरेको पीडितले बताएकी छन् । अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ गतेसम्म मधेश प्रदेश प्रमुख थिए ।