Ad Image

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kakaksksd.jpg

कैलाली । कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं ३ मोहनपुरको सिमानास्थित मोहना नदीमा पुल नहुँदा स्थानीयलाई वारपार गर्न समस्या थियो ।

स्थानीयले काठको नाउँ प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा पानीको प्रवाह बढेपछि गाउँलेहरुले झनै समस्या भोग्थे । सो स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ ।

“पुल नहुँदा काठे नाउँको भरमा वारपार गर्नुपर्ने बाध्यता थियोे, वर्षायाममा झनै जोखिम हुन्थ्यो,” उनले भने, “पुल निर्माणपश्चात् यहाँका नागरिकलाई राहत मिलेको छ ।” स्थानीयका अनुसार मोहनपुरमा झण्डै ९६ घर छन् ।

पुल नहुँदा सबैभन्दा बढी समस्या विद्यालय जाने बालबालिकालाई हुने गरेको थियो । स्थानीयवासी साँझ, बिहान बजारबाट सामान लिन जाँदा समेत नदी वारपार गर्न नाउ प्रयोग गर्नुपथ्यो । हालैमात्र पुल सञ्चालनपश्चात् सहजै आवतजावत गर्न सकिएको छ ।

सङ्घीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’को रु तीन करोड ४३ लाखमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।