Ad Image

बीपी कोइरालाको जगमा अहिलेको राजनीति उभिएको छ : सभापति देउवा

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GD_KTM_DEUBA__DG_0460.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको देशको राजनीति बीपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् ।

४३औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले बीपीको सङ्घर्ष र मूल्य–मान्यताले देश र कांग्रेसलाई आजको स्थितिमा ल्याएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रियता कमजोर भयो भनेर भारत निर्वासनबाट मुद्दा लगाइएको अवस्थामा पनि बीपी स्वदेश फर्कनु चानचुने कुरा नभएको बताए । उनले आफूहरूले राजनीतिका कठिन दिन भोगेको र सङ्घर्ष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै, अहिलेका उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे ।

देउवाका अनुसार, बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुनेछ । उनले बीपीको भनाइ उद्धृत गर्दै, राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता र सामाजिक सद्भाव मुलुकका लागि धेरै ठूलो कुरा भएको र यसबाट सबैले शिक्षा लिनुपर्ने बताए ।