घनश्यामको कटाक्ष– ‘ओलीले नेतृत्व नछाड्ने भन्दा कोही बोल्दैनन्, आरती उतारिँदै छ’
मेयरसाप डेस्क
|
२०८२ साउन ६ गते १७:१०
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले भित्रको नेतृत्व हस्तान्तरणको बहसप्रति कटाक्ष गरेका छन् ।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘अझै २० वर्ष नेतृत्व नछाड्ने’ बताए पनि दोस्रो तहका नेताहरूले प्रतिवाद गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
भुसालले एमालेका केही नेताहरू अझै पनि ओलीको विकल्प नरहेको भन्दै उनको आरती उतारिरहेको टिप्पणी गरे । उनले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु, अर्कोले लजाइलजाई बीसै वर्ष त होइन, १०–१५ वर्ष चाहिँ मैले अरूलाई तयार गर्छु तर छोड्दिन्छु।’
उनले अगाडि थपे, ‘एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ, अर्को जमात आजै त्यता च्यासलतिर १० वर्ष, २० होइन, तिमी आजीवन मरणोपरान्त भइराख्नु भनेर आरती उतार्दैछ, यो कस्तो विरोधाभास हो।’
Facebook Comments