Ad Image

गगन थापा भन्छन्– ‘सत्तामा भए पनि गलत गलतै हुन्छ’

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/SanadAdhikari_ChitwanNarayangadh_RSS_06_IMG_8596.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा भएकै आधारमा कसैले पनि अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै उनले शक्तिशाली वा सत्तामा बसेको व्यक्तिले गलत गरेमा त्यो गलतै हुने र सहीलाई सही भन्ने कांग्रेसको दृष्टिकोणमा दायाँबायाँ हुन नहुनेमा जोड दिए ।

महामन्त्री थापाले सार्वजनिक ओहदामा बसेका व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने र पार्टी वा कार्यकर्ताले त्यसको दोषको भारी बोक्न नसक्ने स्पष्ट पारे । 

“कानुनको शासन भएको देशमा कानुनले जे भन्छ त्यही ठहरिन्छ, त्यही हुनुपर्छ, बीपी कोइरालाले सिकाएको कुरा यही नै हो,“ थापाले भने । उनले कसैको गल्तीको संरक्षण वा वकालत नगर्न कार्यकर्तालाई आग्रह गरे ।

थापाले कार्यकर्तालाई २०८४ को चुनावको चिन्ता नगर्न आग्रह गर्दै, लोभी भए धेरै कुरा गर्न नसकिने बताए । उनले सत्यको पक्षमा उभिन, गल्ती स्वीकार गर्न र घरभित्रको फोहोर सफा गर्न जोड दिए ।