केरुङमा फसेका नेपालीलाई तातोपानी नाका हुँदै स्वदेश फर्काइँदै


काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन मितेरी पुल बगाएपछि चीनको केरुङमा फसेका २०३ जना नेपालीलाई आज स्वदेश फर्काइँदै छ ।
रसुवाको मितेरी पुल अझै सञ्चालनमा नआएकाले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइनेछ । यसअघि रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गरेका थिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, चीनमा फसेका नेपालीहरूमा सवारी चालक, बिरामी र नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरू छन् । चिनियाँ भूमिमा चीन सरकारले र नेपालतर्फ काठमाडौंसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ ।