Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रधानमन्त्री ओलीले दोहोर्‍याए : ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’

User Image मेयरसाप डेस्क User Image जनेश ठकुल्ला | २०८२ साउन ५ गते १५:०७
Image of https://mayorsap.com/storage/photos/10/RSS-Image2025-07-23at2.45.37PM.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएका छन् । आज प्रतिनिधिसभा बैठककाे ‘प्रधानमन्त्रीसँग प्रश्नोउत्तर’ कार्यक्रममा सांसद महेन्द्र बहादुर शाहीको प्रश्नको जवाफ दिँदै ओलीले यो कुरा स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले तीनै तहका सरकारका सार्वजनिक पद धारण गरेका व्यक्ति वा पदाधिकारी कानुनी दायराभन्दा बाहिर नरहेको बताए । उनले भने, ‘कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुन बमोजिम कारबाही भइरहेको छ, र हुनेछ।’

ओलीले अगाडि थपे, ‘मैले भनेको छु। म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ। अलिकति मात्रै पनि गम्भीर आशंका हुने खालका वा गम्भीर प्रश्न उठेका खण्डमा मैले असहिष्णुताको नीति लिनै पर्छ। अथवा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनै पर्छ।’

प्रधानमन्त्री ओलीले हल्लाको भरमा मात्र कारबाही नहुने कुरा पनि स्पष्ट पारे । ‘अब हल्ला केही चल्यो, कसैले केही बोल्यो र फेसबुकमा स्टाट्स लेख्यो भन्दैमा त्यसैको आधारमा कारबाही हुँदैन भन्ने कुरा सबैलाई थाहा हुनपर्छ,’ उनले भने ।

तथ्यका आधारमा बेथिति देखिएमा कारबाही हुने उनी बताउँछन् । ओलीले सुशासनको प्रमुख आधार भ्रष्टाचार नियन्त्रण र जनतालाई सही ढङ्गले समयमा सजिलोसँग सेवा प्रदान गर्नु रहेको बताए । ‘यी दुई कुरामा मेरो नेतृत्वको सरकारको गम्भीरतापूर्वक ध्यान गएको छ र जान्छ,’ उनले भने ।


Facebook Comments