Ad Image

गणतन्त्र जन्माउने आमा हामी हाे, चिन्ता पनि हामीलाई नै छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RS_KTM_RSS_07_IMG_20250723_140144.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता र सरोकार आफूहरूलाई नै रहेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्रमाथि प्रश्न उठ्न थालेपछि यसको संरक्षणप्रति गम्भीर चासो व्यक्त गरे ।

प्रचण्डले आन्दोलनको स्मरण गर्दै भने, “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन।” उनले गणतन्त्रमाथि प्रश्न उठेपछि गरिएको विशाल प्रदर्शन माओवादीको सङ्कल्प र सरोकारको अभिव्यक्ति भएको बताए ।

उनले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू संस्थागत भइसकेको र ती अधिकार अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे ।

पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढेकोमा उनले दुःख व्यक्त गरे ।