Ad Image

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RSS-Image2025-07-23at2.45.37PM.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे । 

संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुङ्गोमा पुर्याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताए ।