Ad Image

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/snakee-1962025081930-1000x0.jpg

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।