सडकमा आन्दोलन गरेर मात्रै सुनुवाइ हुने अवस्था अन्त्य हुनुपर्छ : सभामुख घिमिरे

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sabhamukh.png

काठमाडौं । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने परिस्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

आज सिंहदरबारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसका सामग्रीहरू ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले मागहरू अव्यवहारिक, असान्दर्भिक वा अनुचित भए त्यतिबेलै स्पष्ट पार्न सक्नुपर्नेमा जोड दिए । यद्यपि, कोसिस गर्दा पनि सुनुवाइ नभए सडकमा जानु गैरसंवैधानिक नभएको उनको भनाइ थियो ।

उनले बाँसको महत्त्वमाथि प्रकाश पार्दै, यस सामग्रीको प्रवद्र्धनका लागि संसदमा कुनै कानुन अड्किएका भए निर्माण गर्न प्रतिनिधि सभा सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।


Facebook Comments