नाली व्यवस्थापन नहुँदा खेतमा बाढी : बर्खे धानबालीमा क्षति

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_90699.jpg

भोजपुर । भोजपुरको कावा खोला आसपासका क्षेत्रमा थन्काउने बेलाको बर्खे (साउने) धानबालीमा बाढीले ठूलो क्षति पुर्याएको छ । सडक विस्तारका क्रममा नालीहरू व्यवस्थित नगरिएकाले सडकको पानी खेतमा पसेर बालीमा नोक्सानी भएको हो ।

रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङले सडकको पानी खेतमा पस्दा तीन जना किसानको धानबाली नष्ट भएको बताएका छन् । “नालीलाई व्यवस्थित नगरिँदा माथिबाट पानी भेला भएर खेतमा पसेको हो,“ उनले भने, “बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ।”

किसानहरूले बर्खे धानबालीलाई पहिलो मुख्य आम्दानीको स्रोत मान्ने गर्छन् । खेतीयोग्य भूमि बर्सेनि बाँझिँदै गइरहेको अवस्थामा राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गरी सहयोग गर्नुपर्नेमा तामाङले जोड दिएका छन् ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार, भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो क्षतिले किसानको जीवनयापनमा प्रत्यक्ष असर पार्ने देखिन्छ ।


Facebook Comments