Ad Image

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै, किसानसँग भलाकुसारी गर्ने

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् ।
 
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।
 
महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुुखोला पुल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
 
प्रधानमन्त्री ओलीले भने आज सामाजिक सञ्जालमार्फत खडेरीको सामना गरिरहेका महोत्तरी र बाराका किसानसँग भलाकुसारी गर्न जान लागेको बताएका छन् । 
 
ओलीले भनेका छन्, ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ।  आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।