Ad Image

रञ्जितालाई रेशमले भने– ‘आफूमाथि लागेका आरोपको जवाफ दिनुपर्छ, भाग्न पाउनुहुन्न’

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/resham-ranjita.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरीलाई केन्द्रीय समितिको बैठकमा उपस्थित भई आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन् ।

कास्कीको लिचीबारी जग्गा हत्याउने बिचौलिया समूहसँग जोडिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी रञ्जितालाई लक्षित गर्दै रेशमले भिडियो सन्देश जारी गरेका हुन् । उनले भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ।’

रञ्जिताले मैले बोलाएको बैठक वैधानिक होइन भनेर पन्छिन नपाउने रेशमको भनाइ छ । उनले अहिलेको परिस्थितिको जिम्मेवार रञ्जिता नै भएको र पार्टीलाई बन्धक बनाएर निरंकुश बन्न नपाउने भन्दै निकास दिनुपर्नेमा जोड दिएका छन् ।