Ad Image

अभिशप्त इतिहास बदलेर समृद्ध नेपाल बनाऔँ : राष्ट्रपति पौडेल

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/PRO-KTM-97R9A0013copy.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मुख्य उद्देश्य जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनमार्फत आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जयन्ती को अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यसै प्रणालीबाट पूर्खाले सुम्पिएको दायित्व पूरा गर्न सकिनेमा जोड दिए । उनले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदलेर निष्कपट र उन्नतशील समाजतर्फ लाग्न कटिबद्ध रहेको बताए ।

वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यले नै देश यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले भीमसेन थापालाई उच्चकोटीका राजनीतिज्ञ र नेपाललाई पराधीन हुनबाट जोगाउने व्यक्तित्वका रूपमा स्मरण गरे ।

पौडेलले थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताका कारण नेपाल स्वतन्त्र र अटल रहेको भनाइ राखे । सोही अवसरमा उनले कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई यसवर्षको भीमसेन थापा पुरस्कार प्रदान गरे ।