Ad Image

भिजिट भिसा प्रकरण अन्तर्राष्ट्रिय अपराध हो, सरकारले झारा टार्‍यो : रास्वपा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RatnaSherestha-KTM-9RATL9794(1)copy.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको गाम्भीर्यतालाई नबुझेर सरकारले यसलाई डिसमिस गर्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विनीता कठायतले टालटुले अध्ययन समिति बनाएर सरकारले झारा टार्न खोजेको बताएकी छिन् । रास्वपाले सरकारको यस कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति माग गरेको छ ।

यो अन्तर्राष्ट्रिय अपराध भएकाले संयुक्त राष्ट्रसंघ मात्र नभई मित्र राष्ट्रहरूको समेत चासो बढेको र छिमेकी भारतको मिडियामा समेत यो विषयले प्रवेश पाइसकेको कठायतले बताइन् ।

उनले भ्रष्टाचार र कुशासनमा कीर्तिमान कायम गरेको सरकारले मानव तस्करीलाई पनि मौलाउन दिएको आरोप लगाएकी छिन् ।