लागूऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
मेयरसाप डेस्क
|
२०८२ साउन ८ गते १७:०१
झापा । लागूऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । शनिवार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा प्रहरीले गोली प्रहार गरेर भारतको किसनगन्ज, कोल्लिकोट थाना क्षेत्र निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई पक्राउ गरेको हो ।
शङ्कास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेका थिए। जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो। एक राउन्ड गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।
इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको छ।
Facebook Comments