Ad Image

गैरहाजिर २२ प्रहरीलाई हेडक्वाटरले भन्यो– ७ दिनभित्र सम्पर्कमा आउनुहोला, नत्र जागिरबाट हटाउँछौं

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nepal-police.jpg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी लामो समयदेखि गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर भएकाहरुलाई तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाटै हटाउने चेतावनी दिएको हो।

आफूखुसी गैरहाजिर भएकाहरुमा १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन् ।