सुर्खेतमा मध्यराति पूर्वसैनिकले गरे श्रीमतीको ह*त्या, प्रहरीलाई फोन गरेर आफैँले बोलाए
No Author Assigned | २०८२ साउन ११ गते ०८:४७सुर्खेत । सुर्खेतको एक जना पुरुषले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर–१३ स्थित करेखोलामा बसोबास गर्ने ४२ वर्षीय दानसिंह ठाडाले आफ्नै श्रीमती ४१ वर्षीया रविना ठाडाको हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ठाडाले आइतबार बिहान १ः३० बजेको आसपासमा श्रमतीको हत्या गरेका हुन्। हत्यापछि ठाडाले प्रहरीलाई फोन गरेर आफूले श्रीमतीको हत्या गरेको भन्दै पक्राउ गर्न आउनुस् भनेर जानकारी दिएका थिए ।
त्यसपछि ठाडालाई बिहान २ बजेतिर नियन्त्रणमा लिइएको हो । ठाडा अवकाशप्राप्त नेपाली सेनाका पूर्व सैनिक हुन् । दानसिंहले सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
मृतक रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। पूर्वसैनिक ठाडाले किन श्रीमतीको हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments