Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जनचाहना अनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौँ : मन्त्री खड्का

User Image मेयरसाप डेस्क | २०८२ साउन ९ गते २१:५४
Image of https://mayorsap.com/storage/photos/10/IMG-1 (8).jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहना अनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन् ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सबै मिलेर उपलब्ध स्रोतको उपयोगब गर्न लाग्नुपर्र्ने बताएका हुन् ।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए ।

मन्त्री मन्त्री खड्काले द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको भन्दै समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई  प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने धारणा राखे ।


Facebook Comments