Ad Image

माओवादीको इतिहास मेटाउन एउटा वर्ग न्वारनदेखिको बल लगाइरहेको छ: प्रचण्ड

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको इतिहास मेटाउन एउटा वर्ग लागिरहेको बताएका छन् । 
 
पार्टीको समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक रूपले पनि माओवादीको इतिहास मेटाउन एउटा वर्ग न्वारनदेखिको बल लगाइरहेको बताएका हुन् । 

उनले माओवादीले गरेका राम्रा कामलाई राम्रो भन्न र स्थापित गर्न त्यस्ता तत्त्वहरूले नदिने गरिरहेको समेत दाबी गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो इतिहास मेटाउन, हामीले गरेको कर्मले नेपाली इतिहासमा ल्याएको परिवर्तन, महत्त्व र औचित्य सिद्ध्याउन निकै ठुलो षडयन्त्रमा छन् । मलाई लाग्छ तपाईँहरूले यो पक्षमा पनि ध्यान दिनुभएकै होला ।’