Ad Image

पतञ्जली भ्रष्टाचार मुद्दामा पूर्वसचिव पन्तसँग ५ लाख धरौटी माग

User Image मेयरसाप डेस्क | १४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/adalat 5.PNG

काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वसचिव छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गर्ने तत्कालीन भूमिसुधार सचिव पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।

पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतीका लागि पतञ्जली योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्‌मा लैजान प्रस्ताव अघि बढाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पूर्वसचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन् ।