Ad Image

माथिल्लो तहबाटै माओवादी फुट्ने हल्ला फैलाइयो : जनार्दन शर्मा

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janardan sarma.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैलाइएको आरोप लगाएका छन् ।

मंगलबार साँझ फेसबुक पोस्टमार्फत उनले यस्तो भ्रम फैलाउनेहरूबाट सचेत रहन नेता कार्यकर्ता र जनतालाई आग्रह गरे । शर्माले गत वर्ष नै सबै प्रदेशमा परामर्श बैठक भइसकेको र यस वर्षको असारदेखि मंसिरभित्र विशेष महाधिवेशन गर्ने निर्णय भएको स्मरण गराए ।

उनले महाधिवेशनले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने भन्दै अब एजेन्डा केन्द्रित बहस गर्नुपर्नेमा जोड दिए । शर्माले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योलता, सांगठनिक अराजकता र विधिविहीनताको अन्त्य विशेष महाधिवेशनबाट हुने बताए ।

उनले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानबाट बढेको पार्टीको साख अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग दुई बुँदे सहमति गरेर खस्काएको आरोप लगाए ।